Logo

युवा सङगठन गूल्मीको दोस्रो जिल्ला भेला सम्पन्न



Spread the love

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङगठन गठन ,विस्तार तथा भेटघाट कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएको छ । यसै विच शनिवार गूल्मीमा पनि नेपाल कम्युनिष्ट पार्टीको भातृ सङगठन युवा सङगठन गूल्मीको दोस्रो जिल्ला भेला सम्पन भएको छ । भेलाले कृष्ण ढकालको अध्यक्षतमा २३ सदस्सीय युवा सङगठन गूल्मीको गठन गरेको छ । जसको उपादक्षमा बाबुराम विक , सचिवमा रुद्र श्रिस , सहसचिवमा ढालेन्द्र विक ,कोषादक्षमा नारायण पाण्डे रहेका छन् ।


कार्यक्रमा शुभकामना मतव्य राख्दै नेकपाका केन्द्रिय सदस्य सन्देश पौडेल दलालहरु विरुद्द अब युवाहरुलाई एक जुट भएर लाग्नु पर्ने बताए। युवा शक्तीहरु एक जुट भए दलालहरुलाई सजिलै परास्त गर्न सकिने उनको भनाई थियो ।

भेलामा युवा सङ्गठनका केन्द्रिय महासचिव सागर पुन , गूल्मी जिल्ला इन्चार्ज पुर्ण चन्द , गल्मी जिल्ला सेक्रेटरी खिम खड्का लगाएत वोल्दै बधाई तथा शुभकामना मतव्य राखेका थिए। तेस्तै कार्यक्रमा लुम्वीनी क्षितिज सांस्कृतिक परिवारले विभिन्न देश भक्ती गितहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्