Logo

हिउँ परे संगै कतै हर्ष उल्लाहस त कतै जनजिवन प्रभावित



Spread the love

गए राती पानि संगै परेको हिउँले गूल्मीमा कतै खुसि छाएको छ भने कतै जनजिवन प्रभावित बनेको छ । जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गामा शुक्रवार राति परेको हिउँ हेर्न जानेको शनिवार लहर लागेको थियो । शनिवार विहानै देखि रेसुङ्गामा हिउँ हेर्न जानेको लर्को लागेको थियो । शनिवार दिन भर रेसुङ्गामा सदरमुकाम बासि तथा सदरमुकाम देखी टाढाबाट आएका मानिसहरु हिउँमा रमाईरहेका थिए ।


सदरमुकामबाट झन्डै १ घण्टा ३० मिनेट लाग्ने रेसुङ्रगामा यहाँका मानिसहरु हिउँमा दिनभर रमाईरहेका थिए।  शनिवार विदाको दिन हुदा रेसुङ्गामा दिनभर चहल पहल र रौनकता छाएको थियो ।
तेस्तै हिउँ र पानि परे संगै यस क्षेत्रका किसानहरु पनि हर्षीत भएका छन् । किसानले लगाएको तरकारि फलफुल , तथा नगदे वालिलाई फाइदा पुगेको छ भने उत्पादनमा पनि वृद्धि हुने विश्वास राखेका छन् । तैस्तै ग्रामिण क्षेत्रमा कच्ची सडकहरुमा पनि केहि दिनको लागी भए नि धुलो उड्रन कम हुनेछ भने सडकको आसपासमा घर भएकाहरुले राहतको महसु्ुस गरेका छन् ।

तर जाडो सिजन भरि चिसो नै मानिने सदरमुकाम तम्घाासमा हिउँ र पानि परे सगै ह्यातै बढेृको चिसोका कारण जनविन थप प्रभावित बनेको छ भने वजार क्षेत्रमा चहलपहलमा समेत कमी आएको छ । चोक चौतारिमा मानिसहरु आगो तापेर बसिरहेको देख्न सकिन्छ । विशेष गरि मजदुर केटाकेटि , वृदाहरु जाडोबाट प्रभावित वनेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्