Logo

हिरक महोत्सव सुरु हनू अगावै ३० लाख रकम सङ्कलन



Spread the love

गूल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ स्थित् जनज्योति माध्यमिक विद्यालयले आयोजना गर्न लागेको हिरक महोत्सवमा यति बेला चारै तिरबाट सहयोगको अहिरो लागेको छ भने प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अघि बढाईएको छ ।

अहिले विभिन्न समिति उप-समिति गठन गरि प्रचार प्रसारको कार्य भईरहेको विधालयका प्रधानाध्यापक ईश्वरी प्रसाद आचार्यले जानकारी दिए। अहिले सम्म विभिन्न संघ सस्था र व्याक्तीहरुबाट करिव ३० लाख बोल रकम जुटिसकेको विधालय स्रोतले जानकारि दिएको छ ।


सहयोग गर्नेहरुमा वडा अध्यक्ष तथा वरिष्ठ समाजसेवी पुर्ण बहादुर हिताङ्बाट एकलाख २५  हजार ५ सय ५५ , जित बहादुर पाठकबाट एक लाख ११ हजार १ सय ११ , कुवेर खरेलबाट १ लाख ६ हजार ,मित्रलाल घिमिरेबाट एक लाख ५ हजार ५ सय ५५ र ईश्वरी प्रसाद आचार्यबाट एक लाख १ हजार १ सय ११ रुपैया आर्थीक सहयोग प्राप्त भएको विद्यालय स्रोतले जनाएको छ ।

त्यस्तै अन्य व्याक्तीहरुले पनि आफु सक्दो तन मन धनले सहयोग गरिरहेको प्रधानाध्यापक आचार्यले बताए। अङ्रेजी माध्यमबाट पठनपाठन गराउने , पुस्ताकालय तथा ल्याब व्यवस्थापन गर्ने हिरक महोस्सवको अल्पकानि उद्देश्य रहेको छ भने कक्षा १२ सम्म अध्यापन गराउने र प्राविधिक शिक्षा सञ्चालन गर्ने दिर्घकालिन उद्देश्य रहेको छ ।

शैक्षिक,धार्मीक,संस्कृतिको जगेर्ना हाम्रो अभियान ,संगीतमय,लिलामय महायज्ञमा सहभागी श्रदालु भक्त्तजनहरुको सम्मान भन्ने मुल नाराका साथ आउदो फागुन १ गते देखि ९ गते सम्म विधालयले ६० औें जन्मजन्यतीको अवसर पारि हिरक महोत्सव तथा श्रमिद्भावत् धन धान्याञ्चल नवाह ज्ञान महायज्ञको आयोजना गदै छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्