Logo

राष्ट्रिय सम्मेलनको तयारी पूरा



Spread the love

१५ माघ, चितवन – नेपाल पत्रकार महासङ्घको महिला विभागले यहाँ आयोजना गर्न लागेको महिला पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जिल्लाको पर्यटकीय क्षेत्र पटिहानीमा शुरु हुनेछ । दुई दिने सम्मेलनमा देशका २०० महिला पत्रकार सहभागी हुने महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।

पहिलो दिन सहभागीलाई पर्यटकीय क्षेत्र पटिहानीका बारेमा जानकारी र भ्रमण गराउने कार्यक्रम छ । हालै मात्र सरकारले १०० पर्यटकीय ठाउँको सूचीमा पटिहानीलाई राखेको थियो । दोस्रो दिन भेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन ।

भेलामा महिला पत्रकारको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा छलफल हुने महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले बताए । भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घको विश्वास छ । भेलामा महासङ्घको जिल्ला, एसोसिएट, प्रतिष्ठान शाखा, प्रदेश र केन्द्रमा नेतृत्व गर्ने, केन्द्रीय समितिमा रहेर काम गरिसकेका अग्रज, विभिन्न सङ्घ सङ्गठनका अगुवा पत्रकार महिला सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्