Logo

गूल्मीमा पाटीगत रुपमा शहीद दिवस मनाईयो ,शहीदहरु प्रति छैन चासो स्थानीय सरकारलाई



Spread the love

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी देशभर शहीद दिवस मनाईएको छ । यसै बिच गूल्मीको सदरमुकाम तम्घासमा पनि बुधवार शहिद शमशेर बहादुर खत्रीको सालिकमा माल्यार्पण गरि शहिद दिवस मनाइएको छ ।

तर गुल्मीमा मनाईएको शहिद दिवस भने अलि भिन्नै थियो । केहि २/४ जना व्याक्ती मात्र अन्य पाटिका उपस्थित् थिए भने अरु सबै काँग्रेस निकट व्याक्तीहरुको सहभागिता रहेको थियो ।माल्यार्पण पछि उपस्थित जनसमुदायलाई सम्बोधन् गदै काङ्ग्रेस जिल्ला सभापति भुवन श्रेष्ठले देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहिदहरुका सम्झनामा मनाईने यो दिनमा अघिल्लो सरकारले विदा दिदैं आएको तर वर्तमान सरकारले विदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै शहिदप्रति अपमान नगर्न सरकारलाई चेतावनी दिए ।


साथै उनले शहिद शमशेर बहादुरको चर्चा समेत गरे । उनले भने जिल्लाको तत्कालिन वाग्लाको किमुखर्कमा जन्मेका शहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा अमरपुर गाविसमा वि.सं २०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । हत्या पछि उनको शिर छेदन गरि जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरि सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने गरेको श्रेष्ठले उल्लेख गरे।

नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले देशमा निरङ्कुशता हटाउन, देश र जनताको लागि आफ्नो प्राण त्याग गरि जीवनको बलिदान शहिदहरुले दिए पनि वर्तमान सरकारले त्यसको अबमूल्यन गरिरहेको बताए।

तर रेसुङ्गा नगरपालिकाले भने शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम गरेन र नगर प्रमुख डिल्लीराज भुसालले पनि कुनै कार्यक्रम नगरेको स्विकार गरे । त्यस्तै यता जिल्ला प्रशासन कार्यलय गूल्मीले पनि माथीबाट कुनै आदेश नआएको र आफुहरुले मात्र कार्यक्रम गर्दा सेवा प्रवाहमा असर पर्छ कि भनेर शहिद दिवस नमनाएको प्रमुख जिल्ला अधिकारि यदुनाथ पौडेलले बताए।

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए !
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए !!
कवी भुपी शेरचन
देश र जनताको लागि आफ्नो ज्यान आहुति दिने बास्तबिक महान शहिदहरु प्रति हाम्रो पनि हार्दिक श्रद्धा-सुमन !

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्