Logo

एनसेलले कर नतिरे टावर हान्ने विप्लव विद्यार्थीको चेतावनी



Spread the love

नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)का विधार्थीले एनसेलले कर नतिरेको भन्दै देशै भर विरोध तथा दबाबमूलक प्रदर्शन गदै आएका छन् ।

यस्तै बिहीबार गुल्मीको तम्घासमा पनि अखिल (क्रान्तिकारी) ले कालो ब्यानरसहित विरोध सभा गरेको छ । विरोध सभालाई क्रान्तिकारी गुल्मीका विष्णु विकले सम्बोधन गरेका थिए ।

सम्बोधन गदै उनले भने “नेपाली जनताले रगत र पसिना बगाई कमाएको पैसामा सरकाले कर उठाउँछ तर ७२ अर्ब कर नतिर्ने संस्थालाई सरकारले किन कारबाही गर्न सक्दैन ? यदि समयै कर नतिरे टावर ध्वस्त पार्न मात्र होइन यस्ता संस्थालाई नेपालको माटो बाटै विलय गराउँछौँ । ” यस भन्दा अघि पनि टावर हान्दै आएको र अजै पनि कर नतिरे हान्ने उनले उनले चेतावनीसमेत दिएका छन् ।

उसो त केही दिन अघि गुल्मी आएका नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलले पनि कर नतिरे र बाठो बन्न खोजे टावर ध्वस्त पार्न खुल्ला मञ्च बाटै चेतावनी दिएका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्