Logo

बडिगाड करिडोर कार्यक्रम उद्घाटन गर्न मन्त्री बिष्ट गुल्मी आउँदै



Spread the love
फाइल तस्बिर

गुल्मीको मुसिकोट नगरपालिकाको आयोजनामा आउँदो माघ २३ र २४ गते बडिगाड करिडोर सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रमको उद्घाटन गर्न श्रम मन्त्री गोकर्ण बिष्ट गुल्मी आउने भएका छन् । बिष्ट गुल्मी क्षेत्र नम्बर २ का सांसद समेत हुन् ।

बडिगाड नदी सँग सम्बन्धित स्थानीय तहहरू बिच अन्तरक्रिया हुनेछ । कार्यक्रममा गुल्मी जिल्लाका तिन वटा स्थानीय तह र छिमेकी जिल्ला बागलुङका तिन वटा स्थानीय तहका प्रमुखहरू बिच अन्तरक्रिया कार्यक्रम हुने मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका, सत्यवती गाउँपालिका र चन्द्रकोण गाउँपालिका साथै छिमेकी जिल्ला बागलुङको बडिगाड गाउँपालिका, डोरपाटन र गल्लकोट नगरपालिकाका प्रमुख एवम् कार्यपालिका सदस्य समेतको सहभागिता रहने मेयर सापकोटाले सल्लेरी खबरलाई बताए ।

अन्तरक्रिया कार्यक्रममा सडक सञ्जाल निर्माण, पर्यटन विकास, स्थानीय स्तरमा उत्पादन कृषि उपज र बजारीकरण, जलविद्युतको उत्पादन लगायतको विषयमा अन्तरक्रिया तथा गहन छलफल हुने उप-प्रमुख कमला शर्माले सल्लेरी खबरलाई बताइन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्