Logo

ऋतिक रोशनले गरे तेरियालाई फिल्मको अफर



Spread the love

teria1 teria3

झलक दिखला जा सीजन ९ की विजेता नेपालकी  तेरिया मगरको चर्चा चौतर्फी छ ।हिजो साँझ औपचारिक रुपमा  सलमान खानले बिगबोसको घरमा झलक दिखला जा सीजन ९ को विजेता घोषणा गर्दै तेरियालाई ट्रफी प्रदान गरेका थिए।teria2

तेरियाले झलकको ट्रफी र विनिंग प्राइज मनी ३० लाख जितेकी छिन। बलीउड भाष्कर अनलाइनकानुसार , तेरिया निकै राम्रो डान्सर हुन र उनले यसअघि रियलिटी शो डान्स इंडिया डान्स पनि जितिसकेकी छिन् ।

 

बलीउड भाष्कर अनलाइनकानुसार ,तेरिया चाँडै बलीउडमा इन्ट्री गर्ने तयारीमा छिन् ।  तेरियाकी फेभरेट एक्ट्रेस सोनाक्षी हुन,ग्राण्ड फिनालेको दौरान ऋतिक रोशनले पनि उनलाई आफ्नो फिल्ममा काम गर्ने अफर गरेका थिए ।

झलक सिजन ९ का जजहरु करण जोहर् , फराह खान, ज्याक्लिन फर्नान्डेज  र  गणेश हेग्डे रहेका थिए ।

teria5-judge
यस्तो छ तेरियाको ड्रीम
विनर बनेकी तेरियाले भनिन्,मलाई थाहा छैन कि म शो जितेपछि के गर्नेछु । तर म बलीउडमा ज्वाइन गर्न चाहन्छु । म बलीउडको टिभी हेर्दा हेर्दै ठूली भएकी हुँ । यदी मलाई मौका मिल्यो भने म अबश्य पनि यस क्षेत्रमा काम गर्न चाहन्छु ।
झलकको बीचमा तेरिया बाहिरिएकी थिइन, उनी वाइल्ड कार्ड इन्ट्री मार्फत पुन झलकमा आएकी थिइन ।अन्तत उनी शोको विजेता पनि बनिन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्