Logo

राजा बिरेन्द्रको हत्या गर्ने ज्ञानेन्द्र हुन : नेता कार्की



Spread the love

राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सोम बहादुर कार्कीले तत्कालीन राजा विरेन्द्रको हत्या उनका भाइ ज्ञानेन्द्रले गरेको ठोकुवा गरेका छन् ।
राष्टिय जनमोर्चा जिल्ला समिति गुल्मी द्वारा आयोजित विरोध सभा लाई सम्बोधन गदै राजा भन्ने मोहले विरेन्द्रलाई ज्ञानेन्द्रको डिजाइनमा हत्या गरेको खुल्ला मञ्च बाटै ठोकुवा गरेका हुन ।

राप्रपाका दुई वटामा विभाजन र पराजय भोगेर तिरमिरिएको र सत्तामा जान नपाए छटपटाएको काँग्रेसका कारण अहिले देशमा राजतन्त्र फर्किनेमा डर भएको कुरा उल्लेख गरे ।

उनले भने “अहिलेका पाटी र नेताको कुनै भर छैन, स्वार्थको लागी जनताका अधिकार गुमाउन कुनै बेर लगाउदैन् । साथै संघियताका कारण सहर सुकेको र गाउँ जस्ताको तस्तै रहेको बताए ।”

ओली लाई रेल बाहेक अरू केही पनि नदेखेको र केही पनि थाहा नभएको र जहाँ पनि रेल कै मात्र कुरा गर्ने भन्दै प्रधानमन्त्रीलाई गिजाएका समेत थिए ।

राष्टपति भण्डारीले १८ करोडको गाडीमामा चढेर नाङ्गो नाच नाचेको आरोप लगाएका थिए । डा गोविन्द केसीका माग जाहेज रहेको तर काङ्ग्रेसले बोकेको आरोप लगाए । जनताका हक अधिकार प्रति आफ्नो पाटी सधैँ लड्न तत्पर रहेको उनले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्