Logo

गुल्मीमा जिप दुर्घटना हुदा २ को मृत्यु



Spread the love

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ वामी मैदानमा आज ग १ च ८३५७ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मुसिकोट ८ का गाडी मालिक ३० बर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका ८ निवासी नै ५५ बर्षीय पुतली सिङ्ग ठकुरीको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना गम्भिर घाईते भएका छन् ।घाइते हुनेमा मुसिकोट नगरपालिका ८ निवासी ५५ बर्षीय हरिकला कार्की र बाग्लुङ्ग दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

घाईते दुवै जनाको पाल्पामा उपचार भैइरहेको छ र अवस्था गम्भिर रहेको बताईएको छ । मैदानबाट टक्सार जादै गरेको ग १ च ८३५७ नम्वर को जिप मुसिकोट ८ मा व्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका एसपि दिपक कुमार बस्नेतले जानकारी दिएका छन् । जिप करिव १५० मिटर तल खसेको थियो ।अन्य कारण भने खुल्न सकेको छैन ।दुर्घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्