Logo

भिड्ने भए बर्दी फुकालेर मैदानमा आउन तरुण दल अध्यक्ष भलामीको सुरक्षाकर्मीलाई चेतावनी



Spread the love

नेपाली काङ्ग्रेसको भातृ सङगठन नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले दम र आँट भए सुरक्षाकर्मीलाई बर्दी फुकालेर तरुण दल सँग भिड्न मैदानमा आउन चेतावनी दिएका छन् ।

सोमबार गुल्मी तम्घासमा आयोजित सरकार विरुद्धको विरोध सभा लाई सम्बोधन गदै अध्यक्ष भलामीले सो कुरा बताएका हुन । आइतबार साझ आफ्नो पाटिका विभिन्न भातृ सङ्गठनले सरकार विरुद्ध निकालेको राके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको साथै केही प्रहरीका नाइकेहरूले आफूले लाठी चार्ज गर्न पाएका भए पहिला फलानो बाट सरु गर्थ भन्ने अभिव्यक्ति दिएको अध्यक्ष भलामीले आरोप लगाएका छन् ।

भलामीले भने ‘सुरक्षाकर्मीले लगाएको बर्दी प्रति मेरो सम्मान छ र गौरव पनि छ तर बर्दीकै भरमा दमन गरेको र दम देखाएको हो भने फुकालेर भिड्न मैदान आउनुहोस, सुरक्षाकर्मीको दम तोड्न तरुण दल एक्लै काफी छ।’

काङ्ग्रेस सँग निहुँ खोज्दा राणा ढल्यो, राजा ढले, पञ्चायत ढल्यो र कम्युनिष्टहरु पनि ढल्ने भलामीको कथन थियो । प्रतिपक्ष देखिएन भनेर भन्ने सरकारलाई अब सडक र सदन बाट प्रतिपक्ष देखाउने र काङ्ग्रेस सँग दुई तिहाइको दम्भ नदेखाउन समेत चेतावनी दिए ।
देशमा दिनप्रति दिन हत्या, हिंसा, बलात्कार बढेको तर दुईतिहाईको सरकाले केही पनि गर्न नसकेको उनले बताए । वाइड बढी विमान खरिदमामा आफ्ना पार्टी सभापति दोषी देखिन्छन् भने कारबाहीको भागीदार हुनुपर्ने तर दोषी देखिएका मन्त्री लाई पदमा बस्ने कुनै अधिकार नरहेको बताए ।

विरोध सभालाई जिल्लाका शीर्ष नेता तथा भातृ सङ्गठनका प्रमुखहरूले सम्बोधन गरेका थिए । विरोध सभामा सरकारको चर्को आलोचना गरिएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्