Logo

बहुविवाह गर्ने जोडी कारागार चलान



Spread the love

२३ माघ, भोजपुर – जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ ।

अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो । उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्