Logo

विप्लव पार्टीका जिल्ला इन्चार्ज सहित ३ जना पक्राउ



Spread the love

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो अभियान तीव्र बनाईरहेको बेला लुम्बिनी अन्तर्गत गुल्मी र अर्घाखाँची जिल्लाको अभियानमा खटिएका जिल्लाका इन्चार्जसहित ३ जनालाई पक्राउ गरेको छ । सरकारले बिना कारण नै पक्राउ गरेको विप्लव पार्टीका कार्यकर्ताले आरोप लगाएका छन् ।

गुल्मी जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंह

 

बुधवार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट गुल्मी जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंह, जिल्ला सेक्रेटरी खिम खड्का, त्यस्तै अभियानमा खटिएका पीताम्बर पोख्रेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले विभिन्न बहाना बनाएर उनीहरूलाई नियन्त्रणमा लिइएको नेकपाको आरोप छ। थप विवरण आउन बाकीँ रहेको छ ।

जिल्ला सेक्रेटरी खिम खड्का

यता अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष विकल्प खत्रीले भने देशमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार विरुद्धमा गाँउगाँउ मा गएर सचेतना जगाउन थाले पछि अतालिएर यो सरकारले अभियान टोलीलाई गिफ्तार गरेको आरोप लगाए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्