Logo

विप्लवका जिल्ला ईन्चार्जसहित ३ जना पक्राउ



Spread the love

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो अभियान तिव्र बनाईरहेको बेला लुम्बिनी अन्तर्गत गुल्मी र अर्घाखाँची जिल्लाको अभियानमा खटिएका जिल्लाका ईन्चार्जसहित ३ जनालाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

वुधवार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट गुल्मी जिल्ला ईन्चार्ज पूर्ण बहादुर सिंह, जिल्ला सेक्रेटरी खिम खड्का, त्यस्तै अभियानमा खटिएका पिताम्बर पोख्रेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले विभिन्न बाहाना बनाएर उनीहरुलाई नियन्त्रणमा लिईएको नेकपाको आरोप छ । थप विवरण आउन बाँकी छ ।

तर यता अखिल क्रान्तीकारि विद्यार्थाी संघ गुल्मीका अध्यक्ष विकल्प खत्रीले भने देशमा भईरहेको अन्याय अत्याचार ,भस्टाचार विरुद्दमा गाँउगाँउमा गएर सचेतना जगाउन थाले पछि अतालिएर यो सरकारले अभियान टोलिलाई गिफ्तार गरेको उनले आरोप लगाए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्