Logo

लमहीमा बस र कार ठोक्किदा एकको मृत्यु,सांसद वलीको अवस्था गम्भिर



Spread the love

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीमा बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परि प्रदेश नं. ५ का प्रदेससभा सदस्य उत्तरकुमार वलीसहित १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङकानुसार घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र वली सवार बा १८ च ६८३६ नम्बरको कार एकआपसमा ठोकिदा बसमा सवार रुकुम साबिक खलंगा-२ मुसिकोटकी २६ बर्षीया रमिता शर्माको मृत्यु भएको हो।

उत्तरकुमार वलीको टाउको र खुट्टामा गम्भीर चोट लागेको दाङ प्रहरीले जनाएको छ । गम्भीर घाईते वलीलाई फ्लोरेन्स अस्पताल लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको छ ।अरु घाईतेहरुको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्