Logo

नेकपाका सांसदले घरभाडा नलिने



Spread the love

प्रदेश सभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् ।

माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सांसदहरूले घरभाडा स्वरूप प्रति महीना रु १५ हजार बुझ्दै आएका थिए ।

भूमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेश सभा सचिवालयमा भाडा नलिने जानकारी गराए।

जिल्लाबाट प्रतिनिधित्व गर्ने थान कुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेर लगायत सांसद भाडामा बस्दै आएका छन् । यसअघि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि सङ्कलन गरी कोषका रूपमा राखिने सांसद ढकालले बताए । भाडाका विषयमा काङ्ग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन् । सतासी सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्