Logo

सक्षम जनशक्ति बाहिर जाँदा मुलुक चपेटामा : डा भण्डारी



Spread the love

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सक्षम जनशक्ति बाहिर जाँदा र नपढेकाले राजनीति गर्दा देश चपेटामा परेको बताएका छन् ।

फाइल तस्बिर

शनिवार नेपाल विद्यार्थी सङ्घ गुल्मीको १२ औँ जिल्ला अधिवेशनको उद्घाटन गर्न गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले पत्रकारहरू सँगको कुराकानीमा सो कुरा बताएका हुन् ।

नेपाली जनताले चाहेको सक्षम नेता कुनै पनि पार्टीमा नभएको, अलि अलि पढेका अमेरिका युरोप र बलिया जति अरब जाने र नपढेका र केही पनि थाहा नभएकाले राजनीति गर्दा देश मारमा परेको भण्डारीको भनाइ रहेको थियो । वर्तमान सरकार भष्ट र घातक भएको साथै सरकारले राम्रो सँग सरकार चलाउन नसकेको आरोप लगाएका छन् । र प्रतिपक्षले पनि कार्यकर्ता चिन्न नसकेको उनको बुझाई छ ।

यता नेपाल विद्यार्थी सङ्घ गुल्मीको १२ औँ अधिवेशनले यति बेला सदरमुकाम तम्घासको माहौल तातिरहेको छ । गाउँ-गाउँ बाट असल नेतृत्व चुन्ने भन्दै नेविसंघका प्रतिनिधिले तम्घास बजारमा चहल पहल बढाएका छन् ।

शनिवार देखि सुरु भएको अधिवेशनमा नेविसंघका केन्द्रीय नेता कुन्दन काफ्ले, जिल्लाका नेता तथा भ्रातृ सङ्गठनका प्रमुखहरू ले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधन गर्न अधिकांशले सरकारको चर्को आलोचना गर्दै सरकारको कामकारबाहीमा असन्तुष्टि व्यक्त गरेका थिए ।

अधिवेशनमा अध्यक्ष को हुने भन्ने बारेमा पनि चर्चा हुन थालेको छ ।
कार्यवाहक सभापतिको रूपमा सङ्गठनका गतिविधि चलाईरहेका झविन्द्र पाण्डे, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व इकाई सभापति रहेका धर्मराज पाण्डेको नाम चर्चामा रहेको छ । नेविसंघको अधिवेशन भोलि सम्म चल्ने छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्