Logo

ढुङ्गा राखेर बत्ती बाल्दै



Spread the love

गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ८ बरारुख स्थित विधुत प्रसारणको काममा चरम लापरबाही देखिएको छ । धुर्कोट सिमलटारी केन्द्रीय लाइन अन्तर्गत उक्त लाइनमा ठेकेदारले राम्रो सँग तार नजोडेका कारण जोखिम बढेको छ ।

स्थानीय बासिन्दाले तारमा ढुङ्गा बानेर विधुत बाल्न बाध्य भएका छन् । विगत ५ दिन देखि मर्भुङ्गका करिब १०० घरले बत्ती बाल्न पाएका छैनन् ।

वडा न ८ का अध्यक्ष टीका बहादुर जिसीले भने आफूहरूको मातहत ठेकेदार नचल्ने हुँदा समस्या भएको बताए । जिसीले आफूले पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको दुखेको पोखे ।यता प्राविधिक विष्णु प्रसाद पोखरेलले भने आइतबार बिजुली बल्ने बताएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्