Logo

नेकपा स्याङ्जाले मनायो २४ औं जनयुद्ध दिवस



Spread the love

ध्रुब गौडेल,फाल्गुन १ स्याङ्जा ।।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले २४औं जनयुद्ध दिवस  जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा र्याली सहित कोण सभा गरि मनाएको छ ।


प्रमुख वक्ताका रुपमा बोल्दै ब्युरो सदस्य कमरेड गम्भिरले जनयुद्ध एक काल खण्ड थियो तर पुरा नभइसकेको हुनाले एकीकृत जनक्रान्तीको माध्यमबाट बांकी कार्यभार पुरा गर्नुपर्ने जिम्मेवारी अब हाम्रो कांधमा आएको भन्दै कुनै शक्तीले रोकेर नरोकिने बताए ।

तर अबको हाम्रो लडाई भनेको कुनै सेना पुलिससंग हैन हाम्रो लडाई भनेको देशका दलाल र भ्रष्टहरुसंग हुने भन्दै सेना पुलिसहरुले पनि हाम्रो लडाईमा साथ दिन आग्रह गरे । कोणसभामा बोल्दै अर्का ब्युरो सदस्य तथा जिल्ला सेक्रेटरी गोकुलले कम्यूनिष्टको खोल ओडेको सरकारमा क्रान्तिलाई धोका दिने धोकेबाजहरुको सांठगांठ मिलेर बनेको सरकारको लाचारिपनका कारण देशमा हत्या ,हिंशा बलत्कारका घटनाहरु दिनहु बढ्दै गएको आरोप लगाए । प्रचण्ड बाबुरामहरु प्रति इङ्कित गर्दै भने क्रान्तिमा धोका दिने ,सहिदको रगत बेचेर खानेहरुले बुझे हुन्छ जनयुद्धको मुल उदेश्य पुरा गरेरै छाड्छौं यदि सक्छौ भने रोकेर देखाउ ।

स्याङ्जाको बसपार्कदेखि सुरु भएको र्याली स्याङ्जा बजार परिकर्मा गर्दै जिल्ला प्रहरी कार्यलय अगाडिको चोकमा आएर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जनयुद्ध दिवशको शुभकामना आदान प्रदान गर्न जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो भने कोणसभा कार्यक्रमको सञ्चालन राजु पौडेले गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्