Logo

दलित कमजोर बन्दा काङ्ग्रेस कमजोर बन्यो : सभापति श्रेष्ठ



Spread the love

नेपालि काङ्ग्रेस गूल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले सिङ्गो दलित समुदाय कमजोर बन्दा नेपालि काङ्ग्रेस कमजोर भएको बताएका छन्।
शनिवार नेपालि काङ्ग्रेसको भातृ सङगठन नेपाल दलित संघ गुल्मीले २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै सभापति श्रेष्ठले सो कुरा बताएका हुन्। चार-चार पटक सम्म बाम पन्थीहरु सरकारमा जादाँ बनाउन नसकेको संविधान काङ्ग्रेसको नेतुत्वमा बनेको उल्लेख गदै समाजको एउटा अभिन्न अङगको रुपमा रहेको दलितलाईे संविधानले राम्रो अवसर र स्थान दिएको तर संविधान मा लेखेका कुरा व्यवहारमा ल्याउन पनि सङगर्ष गर्नु पर्ने अवस्था आएको बताए।


आफु र आफनो पार्टी दलितको हकहितको निम्ती लडदा पनि स्वयम दलितहरु आफै निष्क्रिय बनेको उनको भनाई थियो । केहि समय अघि आफ्नो पार्टीले दलितहरुको उत्थानको निम्ती गरेको ५० दिने अभियानमा पनि दलितहरु सकृय भएर नलागेको उल्लेख गरे ।

कार्यक्रममा दलित अगुवाहरु धन बहादुर नेपालि , नुमकला विश्वकर्मा ,रुम विश्वकर्मा ,हरि कुष्ण विश्वकर्मा ,जविन्द्र विश्वकर्मा , लगाएतले मतव्य राख्दै संविधानमा भएका दलितहरुका हक अधिकार वर्तमान नेपालि समाजमा दलितको अवस्था ,विभेदको अत्यको बारेमा आफना भनाई राखेका थिए भने चुनावको बेला मात्र फोकस गरिएको गुनासो समेत उठेको थियो । साथै सोहि अवसरमा दाङमा सम्पन्न भएको प्रदेश स्तरीय तेकान्दो प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी गुल्मेली चेली पुजा रसायलिलाई प्रशंसा-पत्र र दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम नेपाल दलित सघं गुल्मीका अध्यक्ष लुम्म बहादुर विश्वकर्माको अध्यक्षता तथा सचिव नविन विश्वकर्माको सञ्चालनामा सम्पन्न भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्