Logo

सुत्केरी घरमा हरियो झण्डा, ‘शून्य होम डेलिभरी’ गाँउपालीका



Spread the love

०६ फाल्गुन, गुल्मी- गुल्मीको मालिका गाँउपलिकाको आयोजनामा सोमवार देखि स्वाथ्य जनसचेतना जगाउने उद्देश्यले सडक नाटकको आयोजना गरिएको छ । गाँउपालीकालाई ‘शून्य होम डेलिभरी’ अथार्त कोही पनि घरमा सुत्केरी नहुन भन्ने उद्देश्यले सडक नाटकको आयोजना गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपलिकालाई छिट्टै नै ‘शुन्य होम डेलिभरी गाउँपालिका’ घोषणा गर्ने लक्ष्य रहेको र सोही अनुरुप कार्य गरिरहेको स्वाथ्य संयोजक बसन्त राज भुषालले बताए । भुषाले भने, “यो आर्थिक वर्षमा वडा नम्वर ६ अर्जैलाई र अर्को आवमा वडा नम्बर ७-घमिर र ३-हाङ्दीलाई शून्य होमडेलिभरी वडा घोषणा गर्ने लक्ष्य रहेको छ।” साथै वडा नम्वर ३ हाङ्दीका सबै सुत्केरी घरमा हरियो झण्डा राखिएको र फागुन भित्र सबै वडाका सुत्केरी हुने घरमा हरियो झण्डा राखिने भुषालले बताए ।

यता सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर ६ का वडा अध्यक्ष सोभाखर गिरीले सोमवार सल्लेरी खबरसँग कुराकानी गर्दै भने,” २० वर्ष पछि हाम्रो गाउँपालिकालाई पुर्ण रूपमा बौद्धीक र सचेत गाउँपलिका बनाउने परिकल्पना गरी नाटक आयोजना गरिएको हो । नाटक प्रभावकारी हुने विश्वास हामीले लिएका छौँ ।” साथै,उनले आफ्नो क्षेत्र स्वास्थ सचेतनाको मालिलामा धेरै पछि रहेको कुरा पनि उल्लेख गरे ।

सोमवार गाउँपलिकाको वडा नम्बर ६ ,७ र ८ का विभिन्न स्थानहरुमा सडक नाटकहरु देखाईएका थिए । फागुन ८ गते सम्म् चल्ने उक्त सडक नाटक कार्यक्रम पालिकाका सबै वडामा चल्नेछन् । कार्यक्रमको उद्घाटन सोमवार गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले एक समारोहका बीच गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्