Logo

खाजा खर्च बचाएर रंगशाला निमार्णमा आर्थिक सहयोग गर्दै विद्यार्थी



Spread the love
PIc: Dhurmush Suntali Foundation

०७ फाल्गुन,गुल्मी- बुटवलको मणि मुकुन्द कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुले खाने खाजा खर्च बचाएर रंगशाला निर्माणमा सहयोग संकलन गरी उदाहरणीय काम गरेका छन् । कक्षा ११ ,१२ र स्नातक तहमा अध्ययनरत विधार्थाीहरुले एक दिन बराबरको खर्च बचाएर ‘धुर्मुस सुन्तली फाउन्डेशन’ ले निमार्ण गर्न लागेको गौतम बुद्द अन्तर्राष्ट्रिय खेल मैदानको लागी आर्थिक स्रोत सङकलन गर्न लागेका हुन् ।

कलेजमा अध्ययनरत विधार्थी विकास भट्टराईले भने, “सबैले आ-आफनो क्षेत्रबाट सक्दो सहयोग गरुन भनेर आफुहरु आर्थीक सहयोग अभियानको थालनी गरेका छौं ।” अहिलेसम्म आठ हजार एक सय ७६ रुपैया सङकलन भएको र अझै केही समय रकम सङकलन जारी रहने भट्टराईले बताए । उनले थपे,”देशले खेलकुदमा गति लिएको छ । त्यसमाथि क्रिकेटमा त लोभलाग्दो प्रगती नै गरेको छ। त्यसैले म सबैलाई आ-आफनो ठाँउबाट आफु सक्दो सहयोग गर्न आग्रह गर्दछु ।”

रंगशाला निर्माणको लागी सर्वसाधारणबाटै आर्थिक संकलन गर्ने यसअघि नै फाउन्डेसनका अध्यक्ष सित्ताराम कट्टेल ‘धुर्मुस’ले बताईसकेका छन्। रंगशाला चितवनको भरतपुर महानगरपालिकामा बन्दै छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्