Logo

रिहाईपछि विप्लवका नेता कार्यकर्तालाई गुल्मीमा भव्य स्वागत



Spread the love

०८ फाल्गुन, गुल्मी- गत माघ २३ गते पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका विप्लव नेतृत्वका जिल्ला ईनर्चाज सहित चार जनालाई बुधबार रिहाईभएसँगै बिहिवार गुल्मीको तम्घासमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२ गुल्मी अर्धाखांचीले आयोजना गरेको सम्मान कार्यक्रमलाई केन्द्रीय सदस्य सन्देश पौडेलले सम्वोधन गरेका थिए । रिहाई भएका नेता कार्यकर्तालाई बधाई ज्ञापन गदै उनले भने,”पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई जसरी पनि रिहाई गराउछौं । चाहे चौकि नै कब्जा किन गर्न नपरोस !”

बिहिवार जिल्ला इनचार्ज पुर्ण सिंह, सेक्रटरी खिम खड्का , कार्यकर्ता टुपलाल पुन र पिताम्वर पोख्रेललाई प्रमुख अतिथि पौडेल तथा युवा विद्यार्थी सङगठनका प्रमुख तथा शुभ चिन्तकहरुले दोसल्ला तथा अविर लगाई स्वागत गरेका थिए । रिहाईपछि उनीहरुले मतव्य राख्दै १४ दिन सम्मको हिरासदको बसाईले आफुहरुलाई थप उर्जा मिलेको बताए । साथै, महान् सोच र देश बदल्ने सोच लिएर हिडेका हामिहरु २, ४ दिन हिरासदमा थुन्दैमा विच्च्लित नहुने उनिहरुले दावी गरे । कार्यक्रममा पार्टीका अन्य भातृ सङगठनका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्