Logo

गुल्मीमा स्वास्थ जनचेतना कार्यक्रम सम्पन्न



Spread the love

०८ फाल्गुन, गुल्मी- गुल्मीको मालिका गाँउपलिकाको आयोजनामा सोमवार देखि स्वाथ्यमा जनसचेतना जगाउने उद्देश्यले सुरु गरिएको सडक नाटक कार्यक्रम बिहिवार सम्पन भएको छ । गाँउपालीकालाई ‘शून्य होम डेलिभरी’ अथार्त कोही पनि घरमा सुत्केरी नहुन भन्ने उद्देश्यले सडक नाटकको आयोजना गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपलिकालाई छिट्टै नै ‘शुन्य होम डेलिभरी गाउँपालिका’ घोषणा गर्ने लक्ष्य रहेको र सोही अनुरुप कार्य गरिरहेको स्वाथ्य संयोजक बसन्त राज भुषालले बताए । भुषाले भने, “यो आर्थिक वर्षमा वडा नम्वर ६ अर्जैलाई र अर्को आवमा वडा नम्बर ७(घमिर) र ३(हाङ्दी)लाई शून्य होम डेलिभरी वडा घोषणा गर्ने लक्ष्य रहेको छ।” साथै वडा नम्वर ३, हाङ्दीका सबै सुत्केरी घरमा हरियो झण्डा राखिएको र फाल्गुन भित्र सबै वडाका सुत्केरी हुने घरमा हरियो झण्डा राखिने भुषालले बताए ।

यता सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर ६ का वडा अध्यक्ष सोभाखर गिरीले सोमवार सल्लेरी खबरसँग कुराकानी गर्दै भने,” २० वर्ष पछि हाम्रो गाउँपालिकालाई पुर्ण रूपमा बौद्धीक र सचेत गाउँपलिका बनाउने परिकल्पना गरी नाटक आयोजना गरिएको हो । नाटक एकदमै प्रभावकारी भएको उनले वताए । साथै,उनले आफ्नो क्षेत्र स्वास्थ सचेतनाको मालिलामा धेरै पछि रहेको कुरा पनि उल्लेख गरे ।

सोमवार देखि सुरु भएको सडक नाटक कार्यक्रम गाउँपालिकाका सबै वडाका मुख्य ठाँउहरुमा सम्पन्न गरिएको गाँउपालिकाले जनाएको छ । बिहिवार सल्लेरी खबरसँग कुराकानी गर्दै स्वाथ्य संयोजक भुषाल र सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर ६ का वडा अध्यक्ष गिरीले भने,”नाटक एकदमै प्रभावकारी भयो र नाटकको माध्यमबाट स्वाथ्यमा सचेतना जगाउन सफल भयौं ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्