Logo

देशमा भएका परिर्वतन कुनै दल विशेषका कारण भएको होईन : नेता श्रेष्ठ



Spread the love

नेपाली कांग्रेस गूल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले देशमा भएको आमुल परिवर्तन कुनै दल विशेषका कारण नभएको बताएका छन्।
बिहिवार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ स्थित् जनज्योति माध्यमिक विद्यालयले आयोजना गरेको हिरक महोत्सवको समापन कार्यक्रमलाई सम्वोधन् गदै नेता श्रेष्ठले सो कुरा बताएका हुन ।


देशमा भएका साना ठुला सबै पर्वितन सबै राजनितिक दल र नेपाली जनताको त्याग र बलिदानका कारण भएको कुरा उल्लेख गरे । साथै श्रेष्ठले देशमा भएका परिर्वतन कुनै पार्टी विशेषले गरेको हु भन्ने कुरा आफुलाई सह्यि नहुने कुरा पनि स्षट पारे ।’

२००७ सालमा राजनितिमा मात्र क्रान्ती नभई शिक्षामा पनि क्रान्ती भएको उनको भनाई थियो । देश अध्यारोबाट उज्याले तर्फ लम्कीदै गरेको तर नेपालको शिक्षा बेरोजगार उत्पादन गर्न कारखाना भएको भन्दै प्राविधिक शिक्षा लागु हुनु पर्नेमा उनले जोड दिए ।,धार्मीक,संस्कृतिको जगेर्ना हाम्रो अभियान ,संगीतमय,लिलामय महायज्ञमा सहभागी श्रदालु भक्त्तजनहरुको सम्मान भन्ने मुल नाराका साथ विद्यालयले फागुन १ गते देखि ९ गते सम्म  ६० औें जन्मजन्यतीको अवसर पारी हिरक महोत्सव तथा श्रमिद्भावत् धन धान्याञ्चल नवाह ज्ञान महायज्ञको आयोजना गरेको हो ।

अङ्रेजी माध्यमबाट पठनपाठन गराउने , पुस्ताकालय तथा ल्याब व्यवस्थापन गर्ने अल्पकालीन उद्देश्य र कक्षा १२ सम्म अध्यापन गराउने र प्राविधिक शिक्षा सञ्चालन गर्ने दिर्घकालीन उद्देश्य हिरक महोत्वसको रहेको थियो ।साथै विभिन्न व्याक्ती तथा संघ सस्थाबाट गरी १ करोड भन्दा बढि बोल रकम जुटिसकेको र आफुहरु लक्ष्यको नजिक पुगेको विद्यालयका प्रर्चाय ईश्वरि प्रसाद आचार्यले बताए साथै हिरक महोत्वको बारेमा पुरा विवरण तयार भईनसकेको जानकारी पनि दिए।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्