Logo

भिरबाट लडेर गुल्मीमा १ जना युवाको मृत्यु



Spread the love

भिरबाट लडेर गुल्मीमा १ जना युवाको मृत्यु भएको छ।


सत्यवती गाँउपालिका वडा नम्वर १ अश्लेवा बस्ने २४ वर्षीय शिब बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । बिहिवार गाँउपालिकाको वडा नम्वर ४ स्थित् लिम्घाको चोक भलाए भन्ने भिरबाट लडेर मृत्यु भएको बताईएको छ। बिक भिरबाट लडेर करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतकको शव अहिले जोहाङ स्वास्थ चौकिमा राखिएको र पोस्टमार्टमको प्रक्रिया अगाडि बढाईएको ईलाका प्रहरि चौकि जोहाङका प्रमुख खुम बहादुर कंवरले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्