Logo

प्रधानमन्त्रीले त झुक्याए, अब शशांकले के गलार्न ?



Spread the love

१३ फाल्गुन, गुल्मी-गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ७ स्थित् महेन्द्र आर्दश माध्यमिक विद्यालयले आयोजना गरेको ‘श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सव’ मा उदधाटन गर्न प्रधानमन्त्री ओली नआएपछि आयोजक एवम् गुल्मेली जनता निराश भएका छन् । आफैमा सुन्दर मुसिकोट प्रधानमन्त्री आउने भएपछि बिहेकी बेहुली जस्तै सिंगारिएको थियो । त्यहाँको माहोल नै वेग्लै बनेको थियो ।

तत्कालिन राजा महेन्द्रसँगै प्रधानमन्त्री विपि कोइराला आए यता पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर प्रधानमन्त्रीको फोटो र प्रचार व्यापक बनाईएको थियो । यसअघि हिरक महोत्सव मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले भनेका थिए, “कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री नै आउने पक्का भएको छ ।”

गत माघ १४ गते प्रधानमन्त्रीलाई भेटेर आफुहरुले निम्ता दिएको र प्रधानमन्त्रीले पनि सहजै निम्ता स्वीकारेको वताएका थिए । तर, अन्तीम समयमा के कारणले प्रधानमन्त्री आउन सकेनन् भनेर संचारकर्मीले प्रश्न गर्दा आयोजकले पछि जानकारी गराउने बताएको छ । ओलीले कार्यक्रममा जसरी भएपनि आउछुँ भनेका थिए ।

प्रधानमन्त्री नआएसँगै काग्रेस नेता शशांक कोइराला आउने कुरामा पनि शंका व्यक्त गर्न थालिएको छ । यस अधि १७ गते आउने भनेर बताईए पनि पछिल्लो समय पुन :२० गते अर्थात समापन कार्यक्रममा आउने बताईएको छ । सल्लेरी खबरले नेपाली काँग्रेस गूल्मीलाई तपाईंहरुले कसरी शशांक कोइराला आउनुहुन्छ भनेर विश्वास दिलाउन सक्नुहुन्छ भने प्रश्नमा सचिव बिष्णु कुमारी सापकोटाले भनीन, “शशांकले जसरी पनि आउछु भन्नु भएको छ। र १ घण्टाको लागी हेलिकप्टरबाट भएपनीआउने उहाँले हामीलाई भन्नु भएको छ ।”

“शिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने मुल नाराका साथ आजबाट सुरु भएको हिरक महोत्वसको उदधाटन् श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गरेका हुन । विद्यालयलाई प्रविधिमैत्रि बनाउने उद्देश्यले हिरक महोत्सवको आयोजना गरिएको हो।

अहिले सम्म झन्डै तिन करोड बोल रकम जुटिसकेको आयोजकले बताएको छ । सहयोग गर्नेहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुसिकोट नगरपालिका वडा नम्वर– ७ निवासी भुवन केसीले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्वर –७ कै गणेश तथा इश्वरी सापकोटाले ६ लाख ६१ हजार ६ सय ६१ रुपैयाँ , मुसिकोट नगरपालिका –७ कै चुरामणि सापकोटाले ५ लाख ११ हजार ९ सय ९९ रुपैयाँ , मुसिकोट नगरपालिका–७ स्थायी घर भई हाल क्यानडामा रहेका लेखनाथ सापकोटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ , मुसिकोट नगरपालिका वडा नं।७ कै कृष्ण प्रसाद सापकोटाले ३ लाख ३३ हजार ३ सय ३३, मुसिकोट नगरपालिका वडा नं। ७ कै किसोर बौद्धचार्यले ३ लाख ३३ हजार ३ सय ३३, तथा मुसिकोट नगरपालिका– ८ का भिम वहादुर रायमाझिले ३ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गरेका छन । हालसम्म झण्डै ४ सय जना भन्दा बढि दानविरहरुले सहयोग रकम बोल गरेको सचिवालयले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्