Logo

आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिंदै गूल्मीमा यसरी मनाईयो ‘आयोडिन मन्थ’



Spread the love

“दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुनको प्रयोग गरौं ।
आयोडिनको कमि बाट हुने शारिरिक तथा मानमशिक जोगाऔ” भन्ने मुल नाराका साथ फेब्रुवारी महिना आयोडिन महिना गूल्मीमा सोमवार विविध कार्यक्रम गरि मनाईएको छ ।


जिल्लाको सत्यवती गांउपालिका जोहाङग स्थित् जोहाङग स्वास्थ्य चौकिको आयोजनामा आयोडिन सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रममा आयोडिनको महत्व , शरिर मा आयोडिन को कमि हुदा पर्ने असरहरु ,आयोडिन पार्ईने स्रोत लगाएतका विषयमा जानकारि गराईएको जोहाङग स्वास्थ्य चौकिका डाक्टर शिला ढकालले बताउनु भयो । उक्त कार्यक्रम बाट ७० जना भन्दा बढि व्याक्तीहरु लाभावन्ती भएको जोहाङग स्वास्थ्य चौकि जनाएको छ । साथै सोहि अवसरमा २० जना महिलाहरुलाई दुई ओयोडिन नुन समेत वितरण गरिएको छ ।
कार्यक्रममा डाक्टर नुपेन्द्र श्रिस स्वास्थ्यकर्मी एवम् स्थानीयको बाक्लो उपस्थीती रहेको थियो ।

नेपालसहित १ सय २० राष्ट्रहरुले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि फेबु्रअरी महिनालाई ‘आयोडिन महिना’को रुपमा मनाईएको छ ।

आयोडिनको कमिले गलगाँड आउने, गर्भ तुहिने, मृत बच्चा जन्मने, जन्मिएका पनि अपांग हुनसक्ने, लुलो र सूस्त बच्चा जन्मन सक्ने, मानसिक तथा बौद्धिक क्षमतामा कमि तथा आलस्यपन लगायत समस्या देखिने हुन्छ । एक स्वस्थ मानिसलाई दैनिक कम्तिमा १२५ माईक्रोग्राम आयोडिन आवश्यक पर्छ । कार्यक्रम वडा नम्वर ६ मा वडा अध्यक्ष विष्णु भण्डारिको अध्यक्षता तथा खिम लाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्