Logo

गुल्मेलीलाई केपीले ढाटे, शशांकले पत्याए



Spread the love

नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला पहिलो पटक गुल्मी पुगेका छन् । “श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सव”को पाँचौँ दिनको कार्यक्रममा सहभागी हुन कोइराला गुल्मी आएका हुन् ।

उनी पहिलो पटक गुल्मी आउँदा नेपाली काङ्ग्रेस मात्र नभएर सर्वसाधारण समेत हर्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली हिरक महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन आउने भनेर आयोजकले प्रचारप्रसार गरिरहेको थियो । तर अन्तिम समयमा ओली आएनन् । ओली नआएसँगै शशांक पनि आउने विषयमा धेरैलाई शङ्का लागेको थियो ।

श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको आयोजक महेन्द्र आदर्श माध्यामिक बिधालय शशांकका पिता तत्कालिन प्रधान मन्त्री विपि कोइराला प्रधानमन्त्री हुँदा बिक्रम सम्वत २०१६ सालमा स्थापना भएको हो ।

हाल सम्म झन्डै ४ करोड रुपैयाँ सङ्कलन भइसकेको र ५ करोड पुर्‍याउने लक्ष्य रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले सल्लेरी खबरलाई जानकारी दिए। ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्