Logo

शान्ति सुरक्षामा खलल पुर्‍याएको बन्दै भन्दै बिप्लव गुल्मी जिल्ला सेक्रेटरी पक्राउ



Spread the love

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यता खड्काको पार्टीले भने गैरन्यायिक ढङ्गले पक्राउ गरेको भन्दै घटनाको भर्सना गरेको छ ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले खड्कालाई विना सर्त रिहाइको माग गरेको छ, अन्यथा कडा सङ्घर्षमा जाने र उत्पन्न परिणामको जिम्मेवार स्वयम सरकार हुने चेतावनी विज्ञप्तिमा उल्लेख गरेको छ ।

यता पार्टीका जिल्ला इन्चार्ज पूर्ण सिंहले सल्लेरी खबरसँग भने “सरकारले अभियानको क्रममा जनताका घर बस्तीमा भेटघाट गर्दै हिड्का नेता कार्यकर्तालाई गिरफ्तार गरेर आफ्नो आयु आफै छोट्याउदै गएको छ ।” उनले खड्काको बिना सर्त रिहाइको माग गरेका छन् ।

हेनुहोस् विज्ञप्ति !

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्