Logo

प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवको तयारी तीव्र



Spread the love

गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा हुन गइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवको तयारी यति बेला तीव्रताका साथ अगाडि बढाइएको छ ।

महोत्सवको गुल्मी चेम्बर अफ कमर्श मुख्य आयोजक रहेको र जिल्लास्थित लोकदोहोरी प्रतिष्ठान, पत्रकार महासङ्घ लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुले सहआयोजक रहेको बताइएको छ । आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी महोत्वसको उद्देश्य बारेमा जानकारी गराइएको थियो ।

महोत्सवले जिल्लाका रेसुङ्गा, रुरु, विचित्र गुफा, टिमुरे ताल जस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सहयोग पुर्‍याउने आयोजकले विश्वास लिएको छ ।

महोत्सव अवधिभर रेसुङ्गा जाने पर्यटकको लागी यातायातको व्यवस्था गर्न आयोजकले गर्ने छ । महोत्सव आउँदो चैत २२ गते देखि वैशाख २ गते सम्म सदरमुकाम तम्घासमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्