Logo

गुल्मीमा अब थाइराइडका बिरामी जिल्ला बाहिर जान नपर्न



Spread the love

कर्मचारि मिलन केन्द्र गुल्मीले आइतवार जिल्ला अस्पताल तम्घास गुल्मीलाई अत्याधुनिक प्रविधीको थाइराइड सम्वन्धी चेकजाच गर्न मेसिन हस्तान्तरण गरेको छ ।

नेपाली बजारमा करिव सात लाख पर्न उक्त मेशिनलाई कर्मचारी मिनल केन्द्रले सिधै सप्लार्यस संग ५ लाखमा खरिद गरि हस्तारण गरेको केन्द्रले जनाएको छ । आइतवार जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारि यदुनाथ पौडेलले सयुक्त रुपमा मेसिन हस्तारण गरेका हुन् ।

उक्त मेशिन सञ्चानलमा आए संगै गुल्मी जिल्लाका थाइराइडका बिरामी बाहिर जान नपर्न जिल्ला अस्पताल गुल्मीमा कार्यरत डाक्टर उत्तम पच्याले बताए । थाइराइड संगै हर्मोनको अवस्था बारेमा पनि पत्ता लगाउन सकिने उनले बताए । डाक्टर पच्याले भने “यो उच्च प्रविधीको मेसिन भएकोले यसको सहायताबाट अन्य रोगहरु पनी पत्ता लगाउन सकिन्छ ।” मेसिन हस्तान्तरणबाट आफुलाई थप उर्जा मिलेको पच्याले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्