Logo

गुल्मीमा हिरक महोत्सवबाट ७ करोड बढी रकम संकलन



Spread the love

गुल्मी जिल्लाका तिन विद्यालयले एक महिनाको अवधिमा हिरक महोत्सवबाट ७ करोड ७३ लाख रकम उठाउन सफल भएका छन् । जिल्लाको मुसिकोट नगरपालिकाका तिन विद्यालयले उक्त रकम उठाएका हुन । सबैको उद्देश्य भने प्राविधिक शिक्षा सञ्चालन गर्न रहेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्टिय त्रिभुवन माध्यमिक विद्यालयले  माघ २१ गते देखि २९ गते सम्म हिरक महोत्सव सञ्चालन गरी १ करोड २८ लाख रकम सङ्कलन गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले सल्लेरी खबरलाई जानकारी दिए । उक्त विद्यालयलाई एक रुपैयाँ देखि लिएर नगदमा दुई लाख ६५ हजार सम्म सहयोग गरेको महतले बताए । त्यस क्षेत्रका सबै जनताले तन, मन र धनले सहयोग गरेको महतले बताए ।

साथै, वडा नम्बर १ स्थित जन ज्योति माध्यमिक विद्यालयले फागुन १ गते देखि ९ गते सम्म हिरक महोत्सवको आयोजना गरी १ करोड २० लाख रकम सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद आचायले जानकारी गराए । उक्त विद्यालयलमा सबै भन्दा बढी रकम हवलदार डालेश्वर भुषालले १५ लाख १ हजार रुपैयाँ सहयोग गरेको थिए । अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, पुस्तकालय, ल्याब व्यवस्थापन गर्ने अल्पकालीन उद्देश्य साथै कक्षा १२ सम्म अध्यापन गराउने र प्राविधिक शिक्षा सञ्चालन गर्ने दिर्घकालीन उद्देश्यले हिरक महोत्वसको आयोजना गरिएको आचार्यले सल्लेरी खबरलाई बताए ।

त्यस्तै वडा नम्बर ७ वामी स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयले फागुन १३ देखि २१ गते सम्म श्रीमद भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा हिरक महोत्सवको आयोजना गरी ५ करोड २५ लाख रकम सङ्कलन गरेको हिरक महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश काफ्लेले बताए ।

उक्त विद्यालयलाई मुसिकोट नगरपालिका वडा नम्बर सातका भुवन केसीले सबै भन्दा बढी सहयोग रु ५५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका थिए । साथै, वडा नम्बर ८ का खिमानन्द खरेलले २५ लाख २५ हजार  ५ सय २५ रुपैयाँ सहयोग गरेको काफले सल्लेरी खबरलाई बताए । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित  हिरक महोत्वको आयोजना गरिएको थियो । हिरक महोत्वसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइराला सम्मको सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्