Logo

जनताका चाहाना पुरा गरेरै छाड्छौँ : मन्त्री ज्ञवाली



Spread the love

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जनताका चाहाना पूरा गरेरै छाड्ने बताएका छन् । शुक्रवार गृह जिल्ला गुल्मीमा नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

एक वर्ष सम्म समृद्धिको आधारशिला निर्माण गरेको र संघीयता कार्यान्वयनको पहिलो चुनौती पार गरेको उनले बताए । उपलब्ध कानुन, स्रोत, कर्मचारी, भौतिक पुर्वधार नभएको अवस्था बाट सुरु गरेर ७५३ वटै स्थानिय तह तथा प्रदेश सञ्चालन गर्न आवश्यक कानुन् बनाएर सङघियतालाई सफलताका साथ अगाडि बढाउने मूख्य कार्य गरेको र सरकार को उपलब्धि भएको उनको भनाई थियो ।

नयाँ संविधान ले परिकल्पना गरेका थुपै कानुन बनाउन पर्ने अवस्था रहेकोले १६ वटा कानुन बनाएको र संविधान संग बाझिएका १६२ वटा कानुन संशोधन गरि सरकारले अब पूर्ण रुपमा संविधान कार्यान्वयन तर्फ लाग्ने उनले उल्लेख गरे ।विगतमा अन्तरास्टिय सम्वन्ध कमजोर बनेको र नेपालको छवी कम्जोर बनेको अवस्थामा वर्तमान सरकारले वलियो सम्वन्ध निर्माण गरेको उनको भनाई थियो ।

विप्लव तिर लक्ष्तीत गदै मन्त्री ज्ञवालीले भने उहाँहरुले अपनाएको बाटो गलत छ र त्यो बाटो छोडन् आग्रह समेत गरे । साथै नखुमा भएको घटना र त्येस्ता घटानाको स्वुकारे नहुने स्पष्ट समेत पारेका थिए । साथै विकासमा निमार्णको कार्यमा सत्ता पक्ष र प्रतिपक्ष नभनि एक जुट भएर अघि बढु्नु पर्नेमा उनले जोड दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्