Logo

युवा : सम्भावना र चुनौती



Spread the love

तेज उप्रेती

अवसरले न रुप हेर्छ न त रंग । अवसर एक बिशेष चिज हो, जसले कसैको जिन्दगी नै बदल्ने सामर्थ्य राखेको हुन्छ । अझ युवा माझमा त्यस्ता अवसरहरुले निकै नै महत्वपूर्ण भुमिका खेल्ने गर्दछन् । त्यस्तै “समान अवसर सबैलाई” भन्ने नारा लिएर विभिन्न संस्थाहरु कहिले रेडियो, कहिले टेलिभिजन त कहिले पत्रपत्रिका तिर छाइरहेका हुन्छन् ।

त्यस्ता संस्था बिचमा आफ्नो महत्त्व झल्काउन “युवा अवसर” नामक एक संस्था लागि परेको छ र विभिन्न १ सय भन्दा बढी सदस्य राष्ट्रहरु यसमा आवद्ध रहेका छन् । बंगलादेशको राजधानी ढाकामा अवस्थित यस संस्थाले विगत ७ बर्ष देखि अवसरलाई सबैका फेसबुके दैलोमा पुर्याउने काम गरिरहेको छ । ओसामा विन नुनले युवा केन्द्रित अवसरलाई बिश्वभर नै चम्काउने उदेश्यले खोलेको यो संस्था नेपालमा पनि बिशेष काम गरिरहेको छ ।

“युवा अवसर नेपाल” नामक फुसबुक पेजले निरन्तर अवसरलाई त्यस पेजमा आवद्ध युवाहरूको नजरमा राखिदिएको छ । १ सय भन्दा बढी देश आवद्ध भएको यो बृहत् समुहको एक सहयात्री नेपाल पनि हो र म तेज राज उप्रेती नेपालको लागि “कन्ट्री एम्ब्यास्डर” को रुपमा निरन्तर अवसर प्रदान गर्ने कर्तव्यमा खटिरहेको छु ।

त्यसका साथ-साथै “दियर-बोल्ड” नामक लण्डन स्थित च्यारिटी संस्थाको पनि म “ग्लोबल युथ एम्ब्यास्डर” भएको हुनाले म आफैमा त्यस्ता कार्यक्रम गर्ने र गराउने उर्जा र साहस थपिएको छ । अझ विभिन्न अन्तर्राष्ट्रिय संस्थामा संलग्न भएको हुँदा समाज प्रती उत्तरदायी र युवा प्रती अवसरदायी हुने मौका आएको छ । “अन्तर्राष्ट्रिय सम्बन्ध”को एक बिद्यार्थी भएको हुनाले यस अवसरले मेरो साथ-साथै नेपालका युवाको बिकास र विभिन्न देश सँगको सम्बन्ध समुधुर बनाउन टेवा पुर्याउने छ ।

नेपालको बर्तमान अवस्थामा करिब ४० प्रतिशत भन्दा बढी युवा जनसंख्या भएको हुनाले नेपालको लागि यो एउटा सुनौलो अवसर हो र युवाहरूलाई विभिन्न अवसर जस्तै शैक्षिक सम्मेलन, एक्सचेन्ज कार्यक्रम, इन्टर्नसिप, छात्रवृत्ति, वर्कसप साथै प्रतियोगितामा सरल र सहज पहुँच पुर्याउदैँ मैले मेरो कर्तव्य पालन गर्दै आएको छु र निरन्तर गर्नेछु भन्ने बिश्वास पनि पस्किन चाहन्छु ।

त्यसका लागि एउटा शक्तिको आवश्यक पर्छ र त्यो शक्तिको नाम हो ” युवा” । नेपालका युवाहरूलाई समेटेर एउटा विशाल समूह बनाउने योजना लिएको छु । जसले अवसरहरुमा आफ्नो भबिष्य खोतल्ने छन् र त्यस मिहेनत पश्चात पाएको सफलता मात्र नभएर मेरो कर्तव्यको सफलता गनिने छ ।

विभिन्न “स्वंमसेवकको” रुपमा काम गर्दै र अनुभव बटुल्दै आज नेतृत्व गर्ने यो अवसरलाई मैले सबैसँग बाढ्न चाहन्छु । त्यो तब मात्र सम्भव छ जब सबै युवाहरूले अवसर प्राप्त गरि त्यस अवसरमा भिजेर आफुले चाहेको सफलता पुग्न सक्नुहुनेछ । अनि त्यो जितलाई मैले पनि अंगमाल गरेर, ओठमा मुस्कान भरेर आफ्नो जीवनभर सम्झिने थिए कि “म एक युवा र त्यस्ता युवाहरुको एक जीत ।”

०००

०००

प्रतिक्रिया दिनुहोस्