Logo

वीर विक्रम २ जेष्ठमा देश भरि प्रदर्शन हुदैँ



Spread the love

३० फागुन, काठमाडौँ ।

यही जेष्ठ ३ गते चलचित्र ‘वीर विक्रम २’ देश भरि रिलिज हुने तय गरिएको छ  । मिलन चाम्सको निर्देशन गरेको चलचित्र ‘वीर विक्रम २’मा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई निर्देशक चाम्सले नै निर्माण गरेका हुन् ।

‘वीर विक्रम २’जेष्ठ ३ गते र ‘प्रेम दिवस’ त्यसको दुई हप्तापछि रिलिज हुँदैछ । दुवै चलचित्रको वितरण कम्पनी एउटै भएपछि आन्तरिक सहमतिमा प्रेम दिवसको रिलिज मिति पछि सारिएको छ । ‘प्रेम दिवस’ एउटै दिन रिलिज हुने तय गरेका थिए । योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेम दिवस’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्