Logo

सडकमा एक जना कार्यकर्ता छैनन् तर जिल्ला ठप्प



Spread the love

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण बिहीबार गुल्मी जिल्ला ठप्प बनेको छ ।

जिल्ला सदरमुकाम तम्घास सँगै सिमलटारी, मुसिकोट जस्ता विभिन्न ठाउँमा बन्दको पूर्ण प्रभाव परेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् भने बजार पनि पूर्ण रूपमा बन्द भएका छन् ।

समाचार तयार पार्दा सम्म कुनै अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

अचम्मको कुरा यो छ कि, न बजारमा कुनै कार्यकर्ता छन्, न त कुनै बन्दको पर्चा टाँसिएको छ तर जिल्ला भने पूर्ण रूपमा ठप्प रहेको छ । जिल्ला सदरमुकाम तम्घास सँगै जिल्लाका विकट ठाउँमा पनि बन्द को पूर्ण प्रभाव परेको छ । सरकारले विप्लव पाटी माथि प्रतिबन्ध लगाए पनि प्रभाव भने धेरै देखिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्