Logo

ए मेरो हजुर ३’को पहिलो गीत युट्युमा सार्वजनिक



Spread the love

१ चैत्र काठमाडौँ ।

चलचित्र ‘ए मेरो हजुर ३’पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ शुक्रबार युट्युबमार्फत देशभरि प्रर्दशन गरिएको छ ।गीतामा मुख्य भूमिका युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा रहेका  छन् ।

साथै यस चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रेअर राईलगायतको मुख्य भूमिका रहेको छ ।
चैत्र २९ गते प्रदर्शन मिति तोकिएको तर भिडियोमा केहि काट छात गर्नु परेको थियो । ‘ए मेरो हजुर ३’ चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छन् ।झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रको पटकथा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले तयार गरेका छन् ।

‘सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा सुनीलकुमार थापाको लगानी रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्