Logo

हिमपातले हवाई उडान बन्द



Spread the love

१ चैत, हुम्ला – दुई महीना लगातार नरोकिएको हिमपात फेरी आजदेखि हिउँ पर्न शुरु भएको छ । जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात शुरु भएको हो ।

लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो । हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ । हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ ।

हिमपात हुँदा जिल्लाको एकमात्र हवाई यातायात पनि आजदेखि ठप्प भएको छ । जिल्लाबाट बाहिर जाने यात्रुलाई समस्या बनाएको छ । हिमपातले कर्णाली प्रदेशको बैठकमा सहभागी हुन विमानस्थल पुगेका सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले निकै समस्या बनाएको बताए । प्रदेश बैठक शनिबार दिउँसो छ तर जिल्लाको एकमात्र हवाई यातायात चलेको छैन निकै समस्या बनाएको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्