Logo

दाङको सिरक उद्योगमा आगलागी



Spread the love

१ चैत, दाङ – यहाँको एक सिरक डसना उद्योगमा आज आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नुवाकोटको मेगङ गाउँपालिका–३ का अनिल गुरुङले घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित प्रकाश न्यौपानेको घरमा सञ्चालन गर्दै आइरहेको सिरक डसना उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

कारखानामा विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका सिरक, डसना, कपास र मेशिनसहित करीब रु १५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्