Logo

स्वरोजगार तालिम सञ्चालन गदै सत्यवती गाउँपालिका



Spread the love

विभिन्न स्वरोजगार तालिम सञ्चालन गदै आएको गुल्मीको सत्यवती गाउँपालिकाले चुरा बनाउने सम्बन्धी १० दिने तालीम सम्पन्न गरेको छ ।

गाउँपालिकाका १५ जना महिलालाई सदरमुकाम तम्घासबाट प्रशिक्षक लिई उक्त तालीम सञ्चालन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

यस क्षेत्रका महिलाहरूलाई स्वरोजगार बजाउने उद्देश्यले महिलाहरूको माग अनुसार चुरा बनाउने तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले सल्लेरी खबर लाई बताए । तालिम प्राप्त गरेका महिलाहरूले अब अरूलाई पनि तालीम दिन सक्ने अध्यक्ष ढकालको भनाई रहेको छ ।

विभिन्न सिपमूलक तालीम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकालाले विभिन्न कार्यहरू गदै आएको छ भने गाउँपालिकालाई मासु र दूधमा आत्मनिर्भर बन्दै गएको छ ।
वडा नम्बर २ र ४ मा २० वटा अष्ट्रेलियन मूलको बयर बोका वितरण गर्दै गाउँपालिका प्रमुख ढकालले मासु र दूधमा सत्यवती गाउँपालिका आत्मनिर्भर बन्दै गएको बताएका थिए ।

किसानका लागि उन्नत बिउ-बिजन कार्यक्रम (केयुविके) मार्फत वितरण गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख ढकालले आत्मनिर्भर भई गाउँपालिका बाहिर दूध दैनिक सय लिटर निर्यात हुन थालेको प्रति सन्तोष व्यक्त समेत गरेका थिए ।

स्थानीय सरकार बनेपछि गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका पर्यटकीय, धार्मिक स्थलको पहिचान गरी पर्यटकीय प्रबर्द्धनमा समेत लागेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्