Logo

पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका जाँदै



Spread the love
फाइल तस्बिर

३ चैत्र , काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य उपचारको लागि आइतबार साँझ अमेरिका प्रस्थान गर्न लागेका छन् ।

अमेरिकाको मेरिल्याण्डमा रहेको जोन हकिङ्स् अस्पतालमा सीताको उपचार हुनेछ । सीतालाई पार्किन्सन्स, मधुमेह र उच्च रक्तचापको समस्या रहेको छ । सीता लगातार बिरामी परेपछि यसअघि काठमाडौँ, दिल्ली र सिंगापुरमा उपचार गराइएको थियो ।

प्रचण्ड श्रीमती सीता, छोरी गङ्गा र ज्वाइँ जीवन आचार्यसहित आज साँझ ५ बजे अमेरिका प्रस्थान गर्दै छन् । उपचारको लागि झन्डै २ हप्ता अमेरिका बस्ने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्