Logo

किसानका कोटाको विदेश भम्रणमा नेकपा गुल्मीका सचिव देखि गाउँपालिका अध्यक्षसम्म



Spread the love

चिया किसान तथा चिया व्यवसायी कोटामा कृषि मन्त्री चक्रपाणि खनाल सहित २० सदस्यीय टोलीमा गुल्मीबाट नेकपा गुल्मीका जिल्ला सचिव देखि गाउँपालिकाका अध्यक्ष सम्म पर्न सफल भएका छन् । किसानका कोटामा नेकपाका जिल्ला तहका नेता तथा कार्यकर्ताहरू रहेका छन् ।

कृषि मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले दिएको जानकारी अनुसार गुल्मीबाट नेकपाका जिल्ला सचिव बुद्धि जिसी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त, गुल्मी छत्रकोट गाउँपालिकाका तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष राम प्रसाद पाण्डे रहेका छन् ।

तस्बिर : नेकपाका गुल्मी जिल्ला सचिव बुद्धि जिसीको फेसबुकबाट

यता नेकपा गुल्मीका अध्यक्ष बालसिंह काउछासंग जिल्लाबाट जाने टोलीको विवरण माग्दा आफूलाई कुनै जानकारी नभएको र आफूले पनि मिडियाबाटै थाहा पाएको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको नेतृत्वमा अन्तर्राष्ट्रिय टी एक्सपाेमा सहभागी हुन शनिवार चीन प्रस्थान गरेको मन्त्रालय स्रोतले जनाएको छ । चीनको सिचुवान प्रान्तको इपिन सहरमा हुने तेस्रो इपिन अन्तरार्राष्टि्रिय टी एक्सपाेमा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । एक्सपाे यही मार्च १८ देखि २० तारिखसम्म हुनेछ ।

मिडियामा मन्त्री खनाल सहित आफ्ना कार्यकर्ता लिएर चीन गएको खबर सम्प्रेषण भएपछि मन्त्री निकट स्रोतले मन्त्रालयबाट मन्त्री खनालसहित सहसचिव हरिबहादुर के सी र मन्त्रीका प्रेस संयोजक बोमलाल गिरी मात्र चीन गएको दाबी गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्