Logo

रुरु क्षेत्रको डिपिआरको लागी दुई करोड रकम विनियोजन



Spread the love

गुल्मीको पर्यटकीय एवम् धार्मिक स्थल रुरु क्षेत्रको सम्रग विकासको डिपिआर तयार गर्नको लागी केन्द्र सरकारबाट दुई करोड रकम विनियोजन गरिएको छ ।

शनिवार केन्द्रीय विज्ञ टोली, ५ नम्बर प्रदेशका विशेषाधिकार सभापति कमलराज श्रेष्ठ, सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल, रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम, स्थानीय समाजसेवीहरू बिच यस क्षेत्रको विकास तथा डिपिआरको बारेमा छलफल समेत भएको थियो ।

सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले भने “यो डिपिआरले केही आशा पलाएको छ” । रुद्रवेणी क्षेत्रका पूर्वाधार, तटवन्धन रुद्रवेणी वुदाआश्रम तथा अन्य स्थलको मुहार फेरिनेमा आफू आशावादी रहेको उनले बताए ।

कालिगण्डकीको किनारामा अवस्थित रुरु क्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ । बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको वर्णन गरिएको छ भने स्वस्थानी किताबमा पनि यसै स्थानमा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ । त्यस्तै हिन्दु धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू मध्येको एक क्षेत्र रुरु क्षेत्र पनि हो ।

यस ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ । यो क्षेत्र धार्मिक स्थल मात्र नभएर यो भेगको मुख्य व्यापारिक केन्द्रबिन्दु पनि हो । रुरु प्राचिनकाल देखी नै गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, बागलुङ, रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरूको व्यापारिक केन्द्रबिन्दु समेत रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्