Logo

महोत्सव नगर्न गुल्मी उधोग वाणिज्य संघको आग्रह



Spread the love

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा हुने भनिएको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा प्रश्न चिन्ह खडा भएको छ ।

महोत्सव नगर्न भन्दै उद्योग वाणिज्य संघ गुल्मीले रेसुङ्गा नगरपालिकालाई ध्यान आकर्षण पत्र समेत बुझाएको छ । प्रत्येक वर्ष-वर्षमा मेला महोत्सव गर्दा यहाँको स्थानीय व्यापार, स्थानीय संरचना धरायसी भएकोमा झनै महोत्वस गर्दा सटर नै बन्द गर्नु पर्न अवस्था सिर्जना हुने हुँदा महोत्वस नगर्न संघले जोडदार माग उठाएको छ ।

विभिन्न व्यक्ति तथा सघंसस्थाहरुले मुनाफा आर्जन गर्न उद्देश्यले महोत्वस आयोजना गर्दै जाने हो भने यहाँका व्यवसायहरु चौपट हुने ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यता रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल सँग सम्पर्क राख्दा भुसालले भने ” चेम्बर अफ कमर्स आधिकारिक संस्था हो । उसले महोत्सव गर्छ यसमा तपाईँले आपत्ति मान्नु पर्न केही छैन ।”
तर यता उद्योग वाणिज्य सँग गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले वर्ष-वर्षमा महोत्वस नगर्न बरु आउँदो वर्ष यही संस्था लाई दिने निर्णय गर्न नगरपालिका सँग आह्वान गरेको र नगरप्रमुख डिल्लीराज भुसालले त्रिपक्षीय बैठक राख्ने जानकारी गराएको बताए ।

यता प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवका सह-संयोजक नवराज भुसालले भने महोत्सव निर्धारित समयमै हुने बताएका छन् । महोत्सव आउँदो चैत २० गते देखि चैत ३० गते सम्म सदरमुकाम तम्घासमा सञ्चालन हुने बताइएको छ ।

महोत्सव नजिकिँदै जाँदा समाज नै आपसमा विभाजित भएर दुई धारमा उत्रिनुले कतै महोत्वस असफल हुने त होइन भन्ने शङ्का उत्पन्न हुन थालेको छ । तम्घासका अधिकांश व्यापारीहरू पनि महोत्वस नगर्न पक्षमा देखिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्