Logo

मकवानपुरमा बन्दुक र गाँजासहित पाँच पक्राउ



Spread the love

४ , चैत्र , मकवानपुर

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भरुवा बन्दुक र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा हेटौंडाबाट वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका–७ का ४५ वर्षीया चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।सोही स्थानका २० वर्षीया सर्गलाल प्रजाको घरबाट लागूऔषध गाँजा ७८ केजी गाँजासहित एक थान भरुवा बन्दुक बरामद गरेको हो । उनको घरबाट प्रहरीले सानो व्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, एक सय एमएलको आल्मुनियम बोतलमा बारुद्ध तथा एकथान रोल पटका बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरीले आइतबार साँझ ४५ केजी गाँजासहित थप तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार रहेका छन् ।

प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ स्थित रातोमाटेमा नियमित सुरक्षाजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीमा डिक्किभित्र फल्स बटम बनाएर गाँजा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्