Logo

सांसदको प्रश्न : देशभरका सडकका खाल्टाखुल्टी कहिले पुरिन्छन् ?



Spread the love

८ चैत्र , काठमाडौँ ।

राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएका सडकका खाल्टाखुल्टी कहिले पुरिन्छन् भन्दै प्रश्न उठाएका छन्  ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना बढ्दै गएको भन्दै जतिसक्दो सडकका खाल्टाखुल्टी टाल्न, चाँडो समस्या समाधान गर्न आग्रह गरेका छन् । सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्