Logo

उद्योग बाणिज्य संघ गुल्मीको चुनाव सुरु हुँदै, भलामी र पाण्डे प्रतिस्पर्धामा



Spread the love

लामो समयको रस्साकस्सी पछि अन्नत गुल्मी उद्योग वाणिज्य सङ्घको निर्वाचन आज हुदैँछ ।

पुस २६ र २७ गते २७ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न  गर्ने भने पनि हुन सकेको थिएन । उद्योग वाणिज्य सङ्घले चुनावी निर्देशिका जारी गर्न तिन महिनाको समय थप गर्दा अधिवेशन लम्बिएको बताउँदै आएको थियो  तर उद्योग वाणिज्य सङ्घ भित्रकै केही सदस्य तथा स्थानीयले भने राजनीतिक भागबन्डा मिलाउन नसकेका कारण लम्बिएको आरोप लगाउँदै आएका थिए  ।

यसपटकको गुल्मी उद्योग वाणिज्य सङ्घको अधिवेशनलाई ऎतिहासिक अधिवेशनको रूपमा लिइएको छ । यस भन्दा अघिका अधिवेशनमा केही पदका लागि निर्वाचन भए पनि यो पटक भने सम्पूर्ण प्यानल सहित निर्वाचन हुँदैछ ।

चुनावी माहौल तातिए सँगै यती बेला दुवै पक्षका उम्मेदवार तथा समर्थकहरूले आ-आफ्नो समूहले जित्ने दाबी गरिरहेका छन् ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्ष पदको उम्मेदवारमा नेपाल प्रेस युनियनका पूर्व सल्लाहकार समेत रहेका श्रीप्रसाद भलामी र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट मुलधारको साझा प्यानलबाट दुर्गा प्रसाद पाण्डे अध्यक्षको लागी चुनावी मैदानमा छन् भने लोकतान्त्रिक समूहबाट उपाध्यक्षहरूमा रामप्रसाद पन्थी, ईश्वरी पौडेल, मृगेन्द्र श्रेष्ठ रहेका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा ईश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याल लगायत दश जना सदस्यहरू छन् ।

साथै, साझा प्यानलबाट उपाध्यक्षहरूमा रेमलाल पाण्डे, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसाल रहेका छन् । त्यस्तै महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डे, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठ सहित दश सदस्यहरू छन् ।

मतदान आज दिउँसो ११ बजेबाट हुनेछ । चुनावमा ५ सय ६८ जना मतदाता रहेका छन् ।

यो अधिवेशनले आगामी तिन वर्षको लागी नयाँ नेतृत्व चयन गर्न छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्