Logo

गुल्मीबाट ५ हजारले एसईई दिदैं, ४१ जना परीक्षा दिनबाट वञ्चित



Spread the love

गुल्मी जिल्लाबाट यो वर्षको ५ हजार ९३ जना विद्यार्थी एसईईको परीक्षामा सहभागिता हुदैछन् भने ४१ जना विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका छन् ।

एसईईमा नियमित तर्फ ४ हजार ८ सय ५२, पुरानो ग्रेड वृद्धिका २३ जना हुँदा नयाँ ग्रेडवृद्धिका ६१ र प्राविधिक क्षेत्रका १ सय ५७ जना गरी कुल ५ हजार ९३ जना छात्रछात्राहरू परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले बताए ।

त्यस्तै हाजिरी नपुगेको बिचमै पढाई छाड्ने तथा विविध कारण बाट ४१ जना विद्यार्थीहरू परीक्षा दिन बाट वञ्चित भएको घिमिरेले बताए । परीक्षा सञ्चालनका लागि जिल्लामा २७ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । प्रत्येक केन्द्रहरूमा एक-एक जना केन्द्राध्यक्ष र २९ जना सहायक केन्द्राध्यक्षहरुलाई खटाइएको छ ।
परीक्षा लाई व्यवस्थित, मर्यादित बनाउन र परीक्षा बोर्डको आचारसंहिता अनुसार काम गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबै केन्द्राध्यक्षलाई प्रशिक्षण साथै निर्देशन समेत दिएका छन् भने शुक्रवार जिल्लाको चन्द्रकोट गाउँपालिका का एसईई परीक्षाको केन्द्र रहेका २ वटा विद्यालय समेत अनुगमन गरेका थिए ।

त्यस्तै यता जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि विभिन्न ठाउँहरूमा आवश्यकता अनुसार सुरक्षाको सम्पूर्ण तयारी पुरा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र बहादुर खड्काले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्