Logo

चलचित्र ‘लप्पन छप्पन २’ निर्माण घोषणा



Spread the love

 

१० , चैत्र , काठमाडौँ ।

चलचित्र ‘लप्पन छप्पन २’ निर्माण घोषणा गरिएको छ । फिल्मको सिक्वेलमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा दोहोरिएका छन् । फिल्ममा अभिनेता अनुपविक्रम शाहीको पनि इन्ट्री भएको छ ।

फिल्ममा सौगात मल्ल , दयाहाङ राई , अर्पण थापा , देव कुमार , अनुप विक्रम शाही , क्यारोलिन कोलिन्डा , सुरविना कार्की , फाजिल अहमद र सिर्जना सिनाको अभिनय रहनेछ । भने अभिनेत्री वर्षा सिवाकोटी बाहिरिएकी छन्  भने यसलाई युरोप र अस्ट्रेलियामा छायाँकन गरिने निर्देशक भट्टले बताएका छन् ।

प्रकाश कुँवर र निर्मल कुमार मिश्र कार्यकारी निर्माता हुन् । ‘लप्पन छप्पन २ चलचित्रमा कथा, पटकथा तथा संवादमा मुकुन्द भट्टको साथमा अमित शर्मा र विवेक पाण्डे ,पुरुषोत्तम प्रधानको छायांकन रहेको छ , साथै सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

मुकुन्द भट्ट निर्देशित चलचित्र आउँदो बर्षको महाशिवरात्रीमा रिलिज गर्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्